रामेछाप । जेठ ३२ गते,
रामेछापमा थप दुई जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । भारत लगायत विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेका लिखुतामाकोशी गाउँपालिकाका एक जना र मन्थली नगरपालिकाका एक जना गरी दुई जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिकाका १९ वर्ष र लिखुतामाकोशी गाउँपालिकाका २९ वर्षका पुरुष हुन् । आइतबार थप संक्रमण पुष्टि भएका दुई जना सहित रामेछाप जिल्लाबाटै स्वाब पठाइएकोमा कोरोना संक्रमण हुनेको संख्या १९ जना पुगेको छ । यसअघि जेठ २३ गते शुक्रबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भइसेको छ ।
मन्थली नगरपालिकाका एक सहित रामेछामा थप दुई जनामा कोरोना पुष्टि
- प्रकाशित मिति: आइतबार, जेष्ठ ३२ २०७७
- तामाकोशी