रामेछाप । जेठ ३२ गते,
रामेछापको विभिन्न स्थानमा बनेका क्वारेन्टिनमा अहिले ९५ जना बसेका छन् । अहिले उमाकुण्ड गाउँपाकिलामा १ , मन्थली नगरपालिकामा ३४ , रामेछाप नगरपालिकामा १४ ,गोकुलगंगा गाउँपालिकामा २५ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा १८ गरी ९५ जनालाई क्वारेन्टिन राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका १६ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
यस्तै जिल्लामा अझै ८० जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । भारत लगाएतका ठाउँबाट आएर विभिन्न स्थानको क्वारेन्टिनमा बसेका २ सय ४० जनाको स्वाब संकलन गरी पठाइएकोमा १७ जनाको पोजेटिभ आइसकेको छ । हालसम्म १ सय ४३ जनाको नेगेटिभ रिपोर्ट आएको र ८० जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कर्णका अनुसार मन्थली नगरपालिमा ४९ , रामेछाप नगरपालिमा ४५ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ६३ र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा ८० जनाको रिपोर्ट आउन बाँकि छ ।
रामेछापमा ९५ जना क्वारेन्टिनमा, ८० जनाको पीसीआर रिपोर्ट आउन बाँकि
- प्रकाशित मिति: आइतबार, जेष्ठ ३२ २०७७
- तामाकोशी