रामेछाप नगरपालिकालाई जेसीजद्धारा स्वास्थ्य सामाग्री सहयोग

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३१ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ३१ गते,
रामेछाप जेसीजले रामेछाप नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोना भाईरस संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सामाग्रीहरु दुई सय पिस सर्जिकल माक्स , चारसेट पिपिई , र थर्मल गन लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो । संस्थाका कार्यकारी उपाअध्यक्ष जिवन कार्कीले नगर प्रमुख नर बहादुर थापा मगरलाई शनिबार नगरपालिका कार्यलयमै पुगेर उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै नगर प्रमुख थापा मगरले जेसीज रामेछापले उपलब्ध गराएको सामाग्रीहरु यो परिस्थितीमा एकदमै महत्पुर्ण रहेको र आगामी दिनहरु पनि सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गरे ।