रामेछापमा अझै ८० जनाको पीसीआर रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३१ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ३१ गते,
रामेछापमा अझै ८० जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । भारत लगाएतका ठाउँबाट आएर विभिन्न स्थानको क्वारेन्टिनमा बसेका २ सय ४० जनाको स्वाब संकलन गरी पठाइएकोमा १७ जनाको पोजेटिभ आइसकेको छ । १७ जनामध्ये १६ जना जिल्ला अस्पतालको आइसोलेशनमा बसेका छन् भने एक जनालाई स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पाटन अस्पताल पठाइएको छ । हालसम्म १ सय ४३ जनाको नेगेटिभ रिपोर्ट आएको र ८० जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
अहिले मन्थली नगरपालिमा ४९ , रामेछाप नगरपालिमा ४५ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ६३ र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा ८० जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

रामेछाप जिल्लाको पछिल्लो कोरोना भाइरस कोभिड १९ अपडेट हेर्नुहोस्