उदयपुर । जेठ १७ गते,
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका भित्र कोरोना भाइरसविरुद्ध अग्रपंतिमा रहेर काम गर्ने व्यक्तिहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । शनिबार प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा स्वास्थ्यकर्मी , सुरक्षाकर्मी,कर्मचारी , जनप्रतिनिधि, सञ्चारकर्मी , सामाजिक अभियान्ता सहित एक सय जनाको स्वाब संकलन गरिएको बताइएको छ । संकलित स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल बिराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए । चौदण्डीगढी नगरपालिकामा यसअघि पहिलो चरणमा ५८ जना र दोस्रो चरणमा २८ जनाको परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आाएको छ ।
उदयपुरमा उच्च जोखिममा रहेर काम गर्ने एक सय जनाको स्वाब संकलन
- प्रकाशित मिति: शनिबार, जेष्ठ १७ २०७७
- तामाकोशी