रामेछाप । पौष १६ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिकाले र्याली र विभिन्न समुदायको संस्कृति झल्कीने झाँकीहरुको पर्दशन लगाएतको कार्यक्रम गरी नेपाल भ्रमण बर्ष २०२० को सुभारम्भ गरेको छ ।
भ्रमण बर्षको बुधबार विहान आयोजित र्याली पश्चात मन्थलीको देवकोटाचोकमा भएको कार्यक्रमा संविधानसभाका पुर्व सभासद तारानारायण श्रेष्ठले सुभारम्भ भएको घोषणा गरेका हुन् । मन्थली नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै पुर्व सांसद श्रेष्ठले भ्रमण बर्ष २०२० ले सिंगो नेपाललाई विश्वमा परिचत गराउँने बताए ।
मुलुकको साँस्कृतिक पक्षलाई प्रचार प्रसार गरी स्थापित गर्न , भौगोलिक पक्षलाई विस्तार र विकास गर्न , आयआर्जनको पक्षलाई समउन्नती गरी नेपाललाई संसारमा पहिचान गराउँन भ्रमण बर्ष २०२० सफल हुने उनको दाबि छ ।
जिल्ला समन्वय समिति रामेछापमा प्रमुख प्रेम बहादुर खड्काले भ्रमण बर्ष २०२० मा रामेछाप जिल्लामा रहेका विभिन्न जातजातिको धर्म संस्कृतिलाई उजागड गरी जिल्लाको पर्यनका सम्भावना बोकेका धार्मिक लगाएत अन्य स्थलहरुको आवश्यक प्रचार प्रसार गरी बढि भन्दा बढि पर्यटनहरु आवागमन बढाउँने बताए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका भित्र रहेका पर्यटकिय सम्भावना बोकेका धार्मिक लगाएत अन्य स्थलहरु, विभिन्न समुदायहरुको सँस्कृतिहरुलाई आवश्यक प्रचार प्रसार गरी भ्रमण बर्ष २०२० लाई सफल पारिने बताए । 
२० लाख पर्यटकलाई नेपाल भ्रमण गराउँने नेपाल सरकारको योजनालाई सफल पार्ने गरी मन्थली नगरपालिकाले काम गर्ने उनको भनाई छ । कार्यक्रममा मन्थली नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजातिको सँस्कृति झल्कने झाकी प्रदर्शन पनि गरिएको थियो । कार्यक्रममा नेवार , तामाङ, माझी, मगर समुदायको सँस्कृति झल्कने विभिन्न झाँकी र बालुन भजन झाँकी पर्दशन गरिएको थियो । भ्रमण बर्ष शुभारम्भ र्यालीमा मन्थलीमा संचालित विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकाय , पत्रकार , विद्यार्थी , शिक्षक लगाएत सर्वसाधारण नागरिकहरुको सहभागिता थियो । ममदनआश्रीक चोकबाट सुरु भएको र्याली जिल्ला प्रहरी कार्यालय हुदै बसपार्क पुगी बजार क्षेत्रको परिक्रमा गरी देवकोटाचोकमा आई सभामा परिणत भएको थियो ।
मन्थली नगरपालिकाको नेपाल भ्रमण बर्ष २०२० शुभारम्भ कार्यक्रम
- प्रकाशित मिति: बुधबार, पुष १६ २०७६
- तामाकोशी