रामेछापको मन्थलीमा नेपाल टेलिकमको फोरजी सेवा संचालन

  • प्रकाशित मिति: मंगलबार, असोज १४ २०७६
  • तामाकोशी

रामेछाप । असोज १४ गते,
नेपाल टेलिकमले रामेछापको सदरमुकाम मन्थलीमा पनि फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । परिक्षणका लागि अहिले यो सेवा संचालन भैरहेपनि औपचारिक रुपमा भने बुधबारबाट मात्रै सेवा सञ्चालनमा ल्याउने तयारी भैरहेको नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनले तत्कालका लागि सदरमकाुम मन्थलीमा मात्रै फोरजी सेवा संचालन गरिने भएपनि आगामी माघ महिनाबाट जिल्ला भरनै फोरजी सेवा संचालन गरिने बताए । रामेछाप जिल्लामा नेट स्लो हँुदा सरकारी तथा गैरसकारी कार्यालय लगाएत सञ्चार माध्ययमहरुलाई निकै समस्या हुने गरेको थियो ।
जिल्लाभर २९ वटा टावरबाट सेवा प्रवाहा गरिरहेको टेलिकम रामेछापले मोवाइल फोन , ल्याण्डलाइन फोन र नेटमा समस्या आउँन नदिन विभिन्न कार्यहरु गरिरहेको नेपाल टेलिकम रामेछापका प्रमुख भण्डारीले बताए । नेपाल टेलिकम रामेछापका भण्डारीका अनुसार रामेछाप जिल्लाभर नेपाल टेलिकमको एक लाख भन्दा बढि सेवा ग्राहि रहेका छन् ।
टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पुर्याएको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो । अहिले देशभरका ५० शहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारी अनुसार काम भइरहेको छ । त्यसका लागि करीब ११० बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ । बुधबारसम्म त्यस्ता टावरको संख्या १५० सम्म पुग्नेछ ।