मन्थलीमा सनराइज बैंकको १ सय २२ औँ शाखा , उत्पादन क्षेत्रमा लगानी गर्न नगरप्रमुखको आग्रह

  • प्रकाशित मिति: बिहिबार, भाद्र १९ २०७६
  • तामाकोशी

रामेछाप । भदौ १९ गते ,
रामेछापको सदरमुकाम मन्थलीमा सनराइज बैंकले पनि आफ्नो शाखा स्थापना गरेको छ । देवकोटा चोकमा बैंकले १ सय २२ औँ शाखाका रुपमा आफ्नो शाखा खोलेको हो । विहिबार एक कार्यत्रलमका बिच मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मनपा प्रमुख बस्नेतले रामेछापमा उत्पादन क्षेत्रमा लगानी बढाउँन बैंकलाई आग्रह गरे । कृषि क्षेत्रमा काम गर्ने कृषका लागि कर्जा प्रवाहा गर्न बैंकलाई उनको सुझाव छ ।
मन्थली नगरपालिकामा साना घरेलु कुटिर उद्योगको सम्भावना रहेको भन्दै नगर प्रमुख बस्नेतले त्यस क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गरे । उनले कृषि र पशुपालन मन्थली नगरपालिकाको समृद्धिको आधार भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका सि.ओ जनक शर्मा पौडेल, निर्देशक दिपक नेपाल , बैंकका नायव महाप्रबन्धक अपक्ष कुमार यादव र म्यानेजर सफल आचार्यले बोलेका थिए ।
अहिले सो बैंकले ७१ अर्बको कारोबार गरिरहेको कार्यक्रममा जानकारी गराइएको थियो । मन्थलीमा बिस्तार भएको सनराइज बैंकको शाखाले घरजग्गा कर्जा , दशलाखसम्म कृषि कर्जा , विदेश गएर आएकालाई १० लाख सम्म व्यावसायिक ऋण र विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई ५ लाख ऋण दिने बैंकले जनाएको छ ।