रामेछाप । भदौ १३ गते,
हिन्द् नारिहरुको महान पर्व हरितालिका तीज आउँन केहि दिनमात्रै बाकी रहदा रामेछापको मुख्य बजार केन्द्र मन्थलीमा तीजको चहलपहल बढेको छ । हिजो आज तीजका लागि आवश्यक सामान खरिद गर्नेहरुको मन्थली बजारमा बाक्लै उपस्थिती हुने गरेको छ । तीजका लागि कपडा लगाएतका अन्य सामाग्री किन्नेहरुको राम्रै उपस्थि भएपनि सुनको मुल्य बढेका कारण गरगहना किन्ने भन्दा पनि बेच्नेहरुको धेरै रहेको व्यवसायीहरुको भनाई छ । 
नेपाल सुनचादी कला व्यवसायी संघ जिल्ला शाखा रामेछापका सचिव सिताराम लोहारले बिगतका बर्षहरुको तीजमा मन्थली बजारमा अन्दाजी १५ किलो सम्म सुन खपत हुने गरेको भएपनि अहिलेको तीजमा हाल सम्म अन्दाजी २ देखी ३ किलो सुन पनि खपत नभएको बताए । उनले अकस्मात सुन चादीको मुल्य वृद्धि हँुदा सुन पसलहरुमा सुन बनाउँने भन्दा पनि विक्रि गर्ने ग्राहकहरु धेरै आउँने गरेको बताए । रामेछापका सदरमुकाम समेत रहेको मन्थलीमा बजारमा सामान्यतया ३ देखी ४ किलो सम्म सुनको कारोबार हुने गरेको छ ।
बजारमा छापावाल सुनको मूल्य अहिले प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ रहेको छ । गत बर्षहरुका तीजमा गरगहना बनाउँनेहरु धेरै हुनेगरे पनि यसपालीको तीजमा सुनचादीको मुल्य अत्याधिक बढेका कारण मन्थली बजारमा सुनको कारोबार खासै नभएको व्यवसायीहरुको भनाई छ । विशेष गरी महिलासँग जोडिएको पर्व भएकाले पनि यसपाली सुन बहायक श्रृंगारका सामान कारोबार भने मन्थलीमा बढेको छ । मन्थलीमा तीजका अवसरमा सधै खाद्यान्न, फलफूल र तरकारीको पनि कारोबार सामान्य अवस्थामा हुने गरेको व्यवसायीहरुले बताएका छन् । तीजको चहलपहल केही बढेकाले मन्थली बजारमा कपडा पसल , श्रीङगारका सामाग्री पाइने पसल र फलफूल पसलहरुको भने व्यापार बढेको छ ।
रामेछापमा तीजको चहलपहल बढ्यो,सुनको कारोवार भने ठप्प, सुन किन्ने भन्दा बेच्ने धेरै
- प्रकाशित मिति: शुक्रबार, भाद्र १३ २०७६
- तामाकोशी