९० प्रतिशत बढि सांसदहरु राजधानी सार्ने पक्षमा छन् : मुख्यमन्त्री पौडेल

  • प्रकाशित मिति: आइतबार, साउन २६ २०७६
  • तामाकोशी

मकवानपुर । साउन २६ गते,
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमिण पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने र पूर्व पस्चिम राजमार्ग अन्तरगत हेटौंडा क्षेत्रमा सडककको दायाँ–बायाँ २५ मिटर सडक पनि नभत्कने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको आइतबार हेटौंडामा उद्घाटन गर्दै उनले प्रदेशको राजधानी हेटौंडाबाट सार्न नदिने बताए । प्रदेशका ९० प्रतिशतभन्दा बढी सांसदहरु हेटौंडाबाट राजधानी सार्ने पक्षमा रहेको बताउँदै उनले १८ महिनासम्म हेटौंडामा राजधानी राख्नको लागि आफ्नो महत्वपूर्ण भूमिका रहेको बताए । तर गएको बिहीबार काठमाण्डौमा बोल्दा भने उहाँले राजधानी रामेछाप वा नुवाकोट जहाँ लगे पनि हुन्छ, हेटौंडा नै हुनु पर्छ भन्ने छैन भन्ने अभिव्यक्ति दिएका थिए ।