मातहत बारे अन्यौल हुँदा रामेछाप र सिन्धुलीका चार ठुला सडक योजना अलपत्र

  • प्रकाशित मिति: आइतबार, साउन २६ २०७६
  • तामाकोशी

रामेछाप । साउन २६ गते,
कार्यालय संघ वा प्रदेश कुन मातहत रहने भन्ने अन्यौलका कारण रामेछाप र सिन्धुलीका चार ठुला सडक योजना अलपत्र परेका छन् । आर्थिक वर्ष २०७५र०७६ को असार मसान्त सम्ममा सक्नुपर्ने करोडौं रुपैयाँ लागतका सडक आयोजनाहरु हाल सम्म आधा पनि काम हुन सकेको छैन् । एक बर्ष सम्म सडक डिभिजन कार्यालय खुर्कोट संघ वा प्रदेश कुन अन्तर्गत रहने भन्ने अन्यौलका कारण बजेट नआउदाँ रामेछापका दुई ठुला सडक र सिन्धुलीका दुई ठुला सडक अलपत्र परेका हुन् ।
रामेछापमा निर्माणाधिन अवस्थामा रहेको कोलोञ्जोरघाट–साँघुटार–चण्डेश्वरी–भुसीगा सडक र खिम्ती –फर्पु –नामाडी –बेताली रस्नालु–ठोसे गज्याङ्ग सडक बजेट नआउदाँ अलपत्र परेको सडक डिभिजन कार्यालय खुर्कोटका इन्जिनियर राम बहादुर विश्वकर्माले बताए । सिन्धुलीमा निर्माणाधिन अवस्थामा रहेको एक दुम्जा–मरिण–कपिलाकोट–लालबन्दी सडक, चिसापानी –डाकाहा –चकमके –बाहुनतिल्पुङ –चण्डीभज्याँङ सडक हाल अलपत्र अवस्थामा रहेका छन् । एक वर्ष सम्म डिभिजन कार्यालय खुर्कोट एक वर्ष सम्म कार्यालय संघ र प्रदेश कुन अन्तर्गत रहेन भन्ने अन्योल हुदाँ बजेट नै समयमा नआएको इन्जिनियर विश्वकर्माको भनाई छ ।