काठमाडौेँ । साउन २३ गते,
प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले करको दायरा बढाएपनि जनतालाई दिनुपर्ने सुविधा बढाउन नसकेको स्वीकार गरेका छन् । विभिन्न सन्चारमाध्यमका सम्पादकहरुसँग बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले जनताबाट असुल्ने करअनुसारको सुविधा उपलब्ध गराउनु सरकारको दायित्व भएपनि त्यो पूरा हुन नसकेको स्वीकार गरेका हुन् । मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकालाई ‘ग्रीनसिटी’ बनाउने योजना व्यवहारमा उतार्नुपर्ने चुनौती रहेको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।
संघीय सरकारले काम सुरु गरेको धेरै समय नभएको भन्दै थोरै समयमा कायापलट हुन्छ भनेर आशा गर्न नहुने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले संघीय संरचनाअनुसार कर्मचारी समायोजन भएपनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव रहेकाले कामले गति लिन नसकेको उल्लेख गरे । उनले संघीयताविरुद्ध जान अब कसैले नसक्ने दाबीसमेत गरे ।
कर बढाएपनि जनतालाई दिनुपर्ने सुविधा बढाउन सकिएन : मुख्यमन्त्री डोरमणि पौडेल
- प्रकाशित मिति: बिहिबार, साउन २३ २०७६
- तामाकोशी