रामेछाप । साउन १२ गते,
रामेछापको सदरमुकाम मन्थलीमा स्थापना भएको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २० वर्ष पार गरेको छ । संस्थाले २१ औ स्थापना दिवस आइतबार आफ्नै कार्यालय मन्थलीमा मनाएको छ । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको २१ वर्षको प्रगतिको बारेमा जानकारी गराइएको थियो । स्थानीय महिलाहरुले १० हजार रुपैयाँबाट सुरु गरेको सो सहकारीको पुँजि अहिले ३६ करोड पुगेको छ ।
संस्थाको हाल २५ करोड २० लाख रुपैयाँ बचत तथा २६ करोड ११ लाख रुपैयाँ ऋण लगानी भएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव सोमेश थापाले संस्था नप्स्क्युनले तयार गरेको नेपाल ब्राण्डमा जाने अन्तिम तयारीमा रहेको जानकारी दिए ।सहकारीका अध्यक्ष श्याम थापाले राज्यलको कानुन र मापदण्ड पुरा गरी शेयर सदस्यहरुलाई सबैभन्दा बढी मुनाफा दिन आफ्नो संस्था सफल भएको दावि गरे । सो सहकारीमा ५ हजार ९ सय ९ शेयर सदस्यहरु रहेका छन् ।
नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २० वर्षमा ३६ करोड पुँजि
- प्रकाशित मिति: आइतबार, साउन १२ २०७६
- तामाकोशी