रामेछाप । साउन ९ गते,
रामेछापको साँघुटार बजारका आगलागि पीडित घर परिवारलाई नेकपा रामेछाप नगर कमिटिले घटना स्थलमै पुगेर ४९ हजार नगद प्रदान गरेको छ ।
नेकपा रामेछाप नगर कमिटिका नेता द्धोय रोशन पाख्रीन र मोतीलाल तामाङको नेतृत्वमा घटना स्थल पुगेको एक टोलीले घरवार विहिन भएका घरपरिवार र कोठा भाडामा बसेकाहरुलाई नगद सहयोग गरेको हो । आगलागिमा परी पुर्ण रुपमा घर नष्ट भएका राजन सुवेदी , अंकित श्रेष्ठ ,अमिस मगर र हरिमाया मगरलाई प्रति घर रु दश हजार रुपौयाका दरले आर्थिक सहयोग गरिएको नेकपा रामेछाप नगर कमिटीका नेता रोशन पाख्रीनले जानकारी दिए । उनले आगलागीबाट जलेर नष्ट भएको घरमा कोठा भाडामा बसेका रविन खत्री , राजन दाहाल र हिरा श्रेष्ठलाई तीन÷तीन हजारका दरले नगद प्रदान गरिएको बताए । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा बिहिबार बिहान ८ बजेबाट करिव ३ घण्टासम्म भएको आगलागिबाट एउटा पक्की सहित चार घर जलेर नष्ट भएको थियो । आगो स्थानीयको लामो प्रयाशपछि बिहान ११ः३० बजे नियन्त्रणमा लिएका थिए ।
साँघुटारका आगलागि पीडितलाई नेकपा रामेछाप नगर किमिटीद्धारा ४९ हजार नगद सहयोग
- प्रकाशित मिति: बिहिबार, साउन ९ २०७६
- तामाकोशी