पहिरोका कारण हात्तिटारमा अलपत्र परेका मालबहाक तथा सवारी साधनलाई मन्थली ल्याइयो

  • प्रकाशित मिति: शनिबार, असार २८ २०७६
  • तामाकोशी

रामेछाप । असार २८ गते,
अबिरल बर्षासंगै आएको पहिरोका कारण मन्थली नगरपालिका वडा नम्बर ६ को मन्थली खुर्काेट सडकखण्ड अन्तरगत हाक्तिटारमा अलपत्र परेका सवारी तथा मालबहाक ट्रकहरुलाई पहिरो पन्छाएर मन्थली ल्याइएको छ । मन्थली नगरपालिका , जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी ,शसस्त्र प्रहरी , ट्राफिक प्रहरी लगाएतको शनिबार बिाहानैदेखीको प्रयासमा दिउँसो पहिरोका कारण अलपत्र परेका सवारी तथा मालबहाक ट्रकहरुलाई सुरक्षित मन्थली ल्याइएको हो । मन्थली खुर्काेट सडक खण्ड अन्तरगत मन्थली हात्तिटार खण्डमा पहिरोका कारण रोकिएका मालबहाक तथा सवारीसाधनहरूलाई लामो प्रयासपछि मन्थलीमा सुरक्षित ल्याइएको रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जानकारी गराइन् । उनले सेलेघाटबाट खुर्काेट तर्फ जाने सडकमा रहेको पहिरोको अवरोध खुलाउने प्रयास जारी रहेकोले तत्काललाई नगर्न आग्रह पनि गरिन् । मन्थली खुर्काेट हँुदै काठमाडौँ सडकको खुर्काेट पुल नजिक ठुलो पहिरो गएको सडकको विचमा ठुलो ढुंगा बसेकाले यो सडक संचालन समय लाग्ने देखिएको छ ।
यसैबिच अविरल बर्षासँगै आएको पानीको कारण हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । जिल्लमा सम्भावित विपद्बाट हुन सक्ने जध धनको क्षतिबाट जोगाउनको लागि सवै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । केहिदिनअघि बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकलेनै आवश्यकताको आधारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको थियो । सम्भावित विपद्का घटनालाई मध्यनजर गरी रामेछापको आठ वटै स्थानीय तहमा दुई÷दुई सय त्रिपाल र एक÷एक सय कमल पठाइएको छ । प्रशासनले अविरल बर्षापछि आउँसक्ने सम्भावित दुर्घटनाबाट जोगिन सुरक्षित स्थानमा बस्न रामेछाप जिल्लावासीलाई आग्रह गरेको छ ।