प्रदेश नं ३ मा एक सय १९ नयाँ उद्यान बन्ने

  • प्रकाशित मिति: मंगलबार, असार २४ २०७६
  • तामाकोशी

काठमाडौं । असार २४ गते,
प्रदेश ३ सरकारले प्रदेशका सबै एक सय १९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो। चार वर्ष्भित्र निर्माण सम्पन्न हुनेगरी उद्यान निर्माणको काम प्रारम्भ गरिने मन्त्रालयले जनाएको छ। स्थानीय तहसँगको साझेदारीमा उद्यान निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ। शान्ति उद्यान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि मात्र १० करोड बजेट छुट्याएको छ। स्थानीय तहसँग पहिले प्रस्ताव माग गर्ने र प्रस्तावका आधारमा बजेटको परिधिमा रहेर काम गर्ने मन्त्रालयको तयारी छ। शान्ति उद्यान निर्माणका लागि कार्य्विधि बनाएर काम गर्न लागिएको प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका छन। उद्यान निर्माणमा स्थानीय तहलाई पनि लगानी गर्न लगाइने उनले बताएका छन। प्रदेश सरकार समाजको तल्लो वर्गसम्म पुग्ने गरी काममा लागेको उनको भनाई थियो।