प्रदेश नम्बर ३ को विनियोजित बजेट बहुमतले पारित

  • प्रकाशित मिति: शनिबार, असार १४ २०७६
  • तामाकोशी

हेटौडा । असार १४ गते,
प्रदेश नं ३ प्रदेशसभाको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि विनियोजित बजेट बहुमतद्वारा पारित गरिएको छ ।

ah]6 k|:t’t
x]6f}+8f, ! c;f/ -/f;;_
k|b]z g+ # sf cfly{s dfldnf tyf of]hgfdGqL s}nfz 9’+u]n cfOtaf/ a;]sf] k|b]z;ef a}7sdf cfj @)&^÷&& sf] ah]6 k|:t’t ub}{ . tl:a/M cGhnL yfkf



बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेटलाई पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले असार १ गते आगामी आवका लागि कूल रु ४७ अर्ब ६० करोड ७९ लाख बजेट प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको बैठकमा असार १० गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा विभिन्न ६ मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमा दफावार छलफल भई शुक्रबार बजेट पारित गरिएको हो । प्रदेश सभामुख श्रेष्ठले अर्को बैठक सूचना जारी नभएसम्मका स्थगित गरिएको जानकारी दिनुभएको थियो । प्रदेशसभामा १०९ प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।