रामेछाप । असार १ गते,
रामेछापको सदरमुकाम मन्थलीमा ८ जिल्लाको लागि तीनदिने बातावरण अधिकार र जलवायु परिवर्तनमा प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । टि.डि.एच जर्मनीको आर्थिक सहयोगमा सामुदायिक विकास समाज , सृजनशिल यूवा समाज र सामुदायिक विकास समाज गोल्माटारद्धारा संचालित बातावरण संरक्षण परियोजनाले तालिमको आयोजना गरेको हो ।

रामेछाप , सिन्धुली , काभ्रे ,कालिकोट , जाजरकोट,सुर्खेत ,मुगु हुम्ला जिल्लाको बातावरण संरक्षण परियोजनामा कार्यरत कर्मचारीहका लागि आयोजित तालिमको टि.डि.एच जर्मनीका कन्ट्री कोर्डिनेटर श्याम श्रेष्ठले पानसमा बक्ति बालेर उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दे टि.डि.एच जर्मनीका कन्ट्री कोर्डिनेटर श्रेष्ठले बातावरण अधिकार र जलवायु परिवर्तन भन्ने बिषयमा कुनै एक विज्ञ र कुनै एक व्यक्तिको मात्रै बिषय नभै आम नागरिकको बिषय भएको बताए । उनले बातावरण अधिकार र जलवायु परिवर्तनका बारेमा आम नागरिकमा सचेतना जगाउँन अवश्यक रहेको बताए । यसैलाई मध्यनजर गरी टि.डि.एच जर्मनीले सन् २०१३ देखीनै बातावरण अधिकार र जलवायु परिवर्तनलाई प्राथमिकता दिएर काम गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा सामुदायिक विकास समाज सि.डि.एसका कार्यकारी निर्देशक मिलन

कुमार घिसिङले बातावरण अधिकार र जलवायु परिवर्तनका सवालमा सवैभन्दा पहिला नागरिक स्तरमा चेतना ल्याउन आवश्यक रहेको बताए । उनले यसका सवालमा बातावरण संरक्षण परियोजनाले महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरे । असार ३ गते मंगलबारसम्म संचालन हुने तालिममा त्रिभुवन युनिभर्सिटीका सहप्रध्यापक डा.उद्वराज खड्काले प्रशिक्षण दिइरहेका छन् ।