रामेछापको खेलकुद क्षेत्रमा अब्बल मानिने नमुनादीप युवा क्लबमा नयाँ नेत्रित्व

  • प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
  • तामाकोशी

काठमाडौं, पौष १६ गते । खेलकुद क्षेत्रमा रामेछाप जिल्लाकै अब्बल मानिने नमुनादीप युवा क्लबको नयाँ नेत्रित्व चयन भएको छ। आइतबार काठमाडौंमा भएको साधारणसभाले राजन बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा निरोज पौडेल, सचिवमा प्रज्वल पौडेल, सहसचिवमा डिल्लीबहादुर तामाङ र कोषाध्यक्षमा सुजन घिमिरे सर्वसम्मत भएका हुन् । त्यसैगरी सदस्यहरूमा युवराज सुनुवार, निरज पौडेल, यशोधा पौडेल, शीला गौतम, सम्झना कार्की, आनन्द सुनुवार, सुदीप निरौला, कुमार दर्जी रहेका छन् ।
नवनिर्वाचित क्लबका अध्यक्ष राजन बस्नेतले खेलकुद क्षेत्रको विकासमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सरकारी तथा गैह्रसरकारी संघ संस्थासँग समन्वय गर्दै अगाडि बढ्ने बताए । बस्नेतले जिल्लामा सामाजिक, आर्थिक रूपान्तरणको अभियानमा क्लबले काम गर्ने उल्लेख गरे ।
क्लबका सल्लाहकार निर्मल पौडेलले भलिबल खेलको क्षेत्रमा क्लवले गरेको योगदानको कदर गर्दै आगामी दिनमा अझ सशक्त भई खेलकुद तथा सामाजिक विकासमा लाग्नुपर्ने धारणा राखे। कार्यक्रम निवर्तमान अध्यक्ष विष्णु पौडेलको सभाअध्यक्षतामा भएको थियो । नमुनादीप युवा क्लबको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौं र शाखा कार्यालय सैपु रामेछापमा रहेको छ। सचिव प्रज्वल पौडेलका अनुसार क्लबले राष्ट्रियस्तरका भलिबल प्रतियोगिता गर्नुका साथै सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएका छन् ।