दाङ दुर्घटनाका १२ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

  • प्रकाशित मिति: शनिबार, पुष ७ २०७५
  • तामाकोशी

बुटवल– नेपालगञ्ज र कोहलपुरमा उपचार सम्भव नभए पछि दाङ दुर्घटनाका १२ जना घाइतेहरुलाई हेलिकोप्टर मगाएर काठमाडौ पठाइएको छ ।

रोल्पा परिवर्तन गाउँपालिका ४ का प्रकाश वली सहितका १२ जना घाइतेहरुको अवस्था गम्भीर बन्दै गएपछि उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । उनीहरुको ट्रमा सेन्टरमा उपचार गरिने जनाइएको छ ।



उनीहरुलाई काठमाण्डौ पठाउने कार्यमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षमन्त्री गिरिराजमणि पोखरेल , प्रदेश ५ का मुख्यमन्त्री शंकरपोखरेल , प्रदेश ५ का अन्य मन्त्री र त्यस भेगका सांसदहरुले पहल गरेका थिए ।
शुक्रबार सल्यानबाट दाङतर्फ आइरहेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।