अरवौका रोजाईका मेसीले किने यति धेरै महँगो बिमान-कति छ विमानको मुल्या,पढ्नुहोस

  • प्रकाशित मिति: सोमबार, मंसिर २४ २०७५
  • तामाकोशी

एजेन्सी । मेसीको विमान मोह देखेर जो कोही पनि मोहीत हुन्छन् । ३१ बर्षीय मेसी आँफैले विश्वकपको उपाधि जिताउन नसकेपनि उनको सोखको दुनिया भने झनै ब्यग्र गतिमा बढ्दै गएको छ । अर्जेन्टिनाका स्टार तथा स्पेनिस क्लब बार्सिलोनका सुपरस्टार मेसी महंगा कार र नीजि विमानका सौखिन हुन् । जुन कुरा उनका दिनानुदिनका घटनाक्रमले पनि पुष्टी गर्छ । वास्तवमा फुटबलपछि मेसी लग्जरियस कार र विमानका पनि सौखिन पारखी हुन्पछि अहिले उक्त तस्विर भाइरल बनिरहेको छ ।

यसअघि एउटा नीजि विमानमा सवार हुँदै आएका मेसीको अब दुईवटा विमान भएका छन् । अन्तराष्ट्रिय समाचार स्रोतहरुका अनुसार मेसीको नयाँ विमान शुक्रबार मात्र अर्जेन्टिनाको राजधानी लगिएको छ । मेसीले अमेरिकामा खरिद गरको उक्त विमान त्यहाँको हवाई विभागमा दर्ता गर्नका लागि अर्जेन्टिना लगिएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । विमानको अगाडी र पछाडीको भागमा मेसीले लगाउने जर्सी नम्बर १० लेखिएको छ । जुन तस्विरहरुले राम्रो चर्चा परिचर्चा पाइरहेका छन् ।