पूर्वपश्चिम राजमार्गअन्तर्गत भासीमा बसको ठक्करबाट एक जनाको मृत्यु, पढ्नुहोस्

  • प्रकाशित मिति: आइतबार, मंसिर ९ २०७५
  • तामाकोशी

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत भासीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बेलौरी नगरपालिका १० का ३५ वर्षीय श्रवणकुमार चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको नम्बर नखुलेको यात्रुवाहक बसले महेन्द्रनगरबाट झलारीतर्फ गईरहेको से४प ८१८८ नम्बरको मोटरसाईकललाई ठक्करदिँदा चौधरीको घटनास्थलमै ज्यान गएको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।



ठक्कर दिने बसको नम्बर खुल्न नसकेको र अनुसन्धान जारी रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर भरत बहादुर शाहले जानकारी दिए । ‘अहिले ३/४ गाडी नियन्त्रणमा लिएका छौं । उनीहरुले स्वीकार गरेका छैनन् । थप अनुसन्धान भईरहेको छ’ इन्सपेक्टर शाहले भने ।