रामेछाप । मंसिर ३ गते,
सोमबार हरिबोधनी एकादशी रामेछापको विभिन्न मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ बाहुनचुरा स्थित थानापति महादेव मन्दिरमा हरिबोधिनी एकादशी पर्वका अवसरमा भव्य मेलाको लागेको छ । एकादशी मेलामा रामेछाप, सिन्धुली, ओखलढुंगा, दोलखा, काभ्रे लगाएतका जिल्लाबाट ठुलो संख्यामा श्रद्धालु भक्तजन आउने क्रम जारी रहेको थानापति मन्दिर विकास समितिका अध्यक्ष राजकुमार बोहोराले जानकारी दिए।
थानापति बैरा महादेवको दर्शन गरे मनले चिताएको कुरा पुरा हुने र सन्तान पाइन्छ भन्ने विश्वास छ । ठुलो डाँडाको टुप्पोमा रहेको महादेव मन्दिरमा आइतबार रातभर बत्ति बालि जाग्राम बस्नेहरुको घुइचो लागेको छ । प्रत्येक वर्ष ठूलो एकादशी, फागु पूर्णीमा र शिवरात्रिको दिन थानापति महादेव मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा स्थानीय पंचे बाजा सहित विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।
यस्तै जिल्लाको दोरम्बा गाउँपालिकामा रहेको अग्लेश्वरीमा पनि एकादशी मेला लागेको छ । उच्च क्षेत्रमा अवस्थित अग्लेश्वरीलाई जिल्लाकै धार्मिक तथा ऐतिहासिक महत्वको ठाउँ मानिन्छ मानिन्छ । जिल्लाको दोरम्बा, खाँडादेवी र सुनापती गाउँपालिको संगम स्थलका रुपमा रहेको अग्लेश्वरी मेलामा स्थानीय झाक्रि नाँच , पंचेबाजा नाँच लगाएतका स्थानीय संस्कृति झल्कने विभिन्न कार्यक्रमहरुको आयोजना भएको नेकपाका नेता एवं समाजसेवी तुला प्रसाद कडेलले जानकारी दिए ।
आज हरिबोधनी एकादशी ,रामेछापको थानापति र अग्लेश्वरीमा दर्शनार्थिहरुको घुइचो
- प्रकाशित मिति: सोमबार, मंसिर ३ २०७५
- तामाकोसी खबर