रामेछाप । कार्तिक २९ गते,विष्णु खड्का,
लिखुखोला हाइड्रोपावर समन्वय समितिको आयोजनामा लिखुखोला हाइड्रोपावर सम्बन्धी बृह्त अन्र्तरक्रिया कार्यक्रम बुधबार उमाकुण्ड गाउँपालिकाको वडा न १ ठाडोखोलामा सम्पन भएको छ । लिखुखोला हाइड्रोपावर समन्वय समितिका अध्यक्ष शुभराम बस्नेतको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यतामा उक्त अन्र्त्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा लिखुखोला हाइड्रोपावर बाट प्रभाभित क्षेत्र लिखुपिके गाउँपालिका ,उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका अधिकांश नागारिकहरुको उपस्थिती रहेको थियो । अन्र्त्क्रिया कार्यक्रममा लिखुखोला हाइड्रोपावर समन्वय समितिका अध्यक्ष शुभराम बस्नेतले हाइड्रोपावर सञ्चालन हुँदै गर्दा धनिलाई पोस्ने र गरिबलाई थिच्ने काम भएको , जो बोल्न सक्दैन उसको जग्गामा जबरजस्ती बाटो खनिएको ,जसले बोल्न सक्छ उसको जग्गाको मुल्य बृद्धि गरिएको , हाइड्रोपावर चल्दाखेरी उसले २ प्रतिशत कुल लागतको सामाजिक सेवामा खर्च गर्नुपर्ने भएता पनि स्थानीयलाई नदिएको भन्दै आक्रोस व्यक्त गर्दै प्रभाबित क्षेत्रका नागारिकहरुलाई न्याय दिन आफु जस्तोसुकै कदम उठाउन पनि तयार रहेको बताए । त्यस्तै नेपाली कांग्रेस सोलुखुम्बुका पुर्ब सांसद तथा केन्द्रिय सदस्य बलबहादुर केसीले प्रभाभित क्षेत्रका नागारिकको कुराले आफुमा समेत पिडा पैदा भएकोले तत्कालै यसको छानमिन हुनुपर्ने बताए ।
साथै उनले जग्गा , जमिन खोला प्रभावित क्षेत्रका नागारिकको हुने तर कर्मचारी र कामदार इन्डियाको ल्याउनु गलत भएको भन्दै आपत्ती जनाए । प्रभाबित क्षेत्रका माग चाहान अनुसार को सामाजिक कामहरु गर्नुपर्ने , कर्मचारी बिमा गर्नुपर्ने , क्षमता अनुसारको काम उपलब्ध गराउनुपर्ने जस्ता बिबिध बिषयको बारेमा नागारिकलाई जानाकारी गराउँदै आयोजना सञ्चालन गर्नुपर्ने उनको भनाई छ । अन्र्त्क्रिया कार्यक्रमा हाइड्रोपावरलाई जग्गा दिने अधिकांश नागारिकहरुको गुनासो सुनिएको थियो जसमध्ये धेर्रै नागारिकहरुले जग्गामा एकरुपता नपाईएको र आफुहरुलाई जबजस्ती जग्गा दिन बाध्य बनाएको गुनासो राखेका थिए । गुनासोलाई सम्बोधन गर्दै लिखुखोला हाइड्रोपावर समन्यन समितीले आउँदो मङसिर २० देखि २९ गते भित्र रामेछाप र सोलुखुम्बु दुबै जिल्लाका सिडियो र डिएसपी सहित परियोजना सञ्चालक र आम नागारिक राखि समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
उमाकुण्ड गाउँपालिकामा लिखुखोला हाइड्रोपावर बारे छलफल
- प्रकाशित मिति: बिहिबार, कार्तिक २९ २०७५
- तामाकोसी खबर