पर्यटकीय गन्तब्य म्याग्दीको तातोपानी कुण्डमा प्रचण्ड र बादलले नुहाएपछि…

  • प्रकाशित मिति: सोमबार, कार्तिक २६ २०७५
  • तामाकोसी खबर

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले म्याग्दीको तातोपानी कुण्डमा नुहाएका छन् ।

धार्मिक र स्वास्थ्यका दृष्टिले लोकप्रिय मानिएको बेनिनगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा सोमबार नुहाएका हुन् । पारिवारिक भ्रमणका रुपमा म्याग्दी पुगेका दाहालले कुण्डमा नुहाएको उनको सचिवालयले जनाएको छ ।



उक्त तातोपानीको कुण्डमा नुहाएमा छालासम्बन्धी रोग निको हुने विश्वास गरिन्छ । त्यहाँ नुहाउनका लागि अरु जिल्लाबाटसमेत पर्यटक पुग्ने गरेका छन् ।