कार्तिक ११/ काभ्रेको पाँचखाल नगरपालिकास्थित तिनपिप्लेको मोडमा बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा तिनपिप्लेकै कमल गौतमकी श्रीमती ५६ की रञ्जना गौतम रहेकी छन् । मोटरसाइकल चालक श्रीमान घाइते भएको र पछाडि बसेकी श्रीमतीको मृत्यु भएको हो। घटनापछि केहीबेर सवारी आवागमन बन्द भएको धुलिखेल प्रहरी कार्यालयले जनाएको छ।