काठमाडौँ, ८ कात्तिक । खुलेआम मुलुक टुक्र्याउने अभियानमा सक्रिय सिके राउतलाई चियापानमा निम्तो दिइएको विषयमा सरकार नतृत्वकर्ता नेकपाभित्र असन्तुष्टि देखिएको छ ।
अधिकांश केन्द्रीय सदस्य र स्थायी समिति सदस्यले राउतलाई चियापानमा बोलाइएकामा विभिन्न माध्यममार्फत नेतृत्वसमक्ष असन्तुष्टि जाहेर गरेका छन् ।
नेकपाले दसैं, तिहार, नेपाल सम्वत र छठजस्ता मुख्य पर्वका अवसरमा शनिबार चियापान आयोजना गरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित चियापानमा सरकारले नेत्रविक्रम चन्द र सिके राउतलाई पनि अतिथि बोलाएको छ ।
राउतलाई मुलुकको अखण्डताविरुद्ध गतिविधि गरिरहेको आरोपमा प्रहरीले बेला बेलामा पक्राउ गर्दै छाड्दै आएको छ ।
सरकार आफैंले मुलुक टुक्र्याउने गतिविधिमा लागेको आरोपमा पक्राउ गर्ने अनि उनैलाई पार्टीको चियापानमा निम्ता दिनु आपत्तिजनक भएको एक नेताले काठमाण्डुटुडेलाई बताए ।
महासचिव विष्णु पौडेल नेतृत्वको चियापान आयोजक कमिटीले राउतलाई औपचारिक पत्रै पठाएर चियापानमा निम्ता दिएको हो ।