निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् ।
विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘विष्टले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृहमा पठाएका छौं ।’ स्रोतका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् ।
१३ वषर्ीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो ।
छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको हो । स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए बर्खास्त गर्ने गृहको तयारी छ ।
निर्मला पन्तबारे एसपी विष्टले दिए सनसनीपूर्ण स्पष्टीकरण, कुलमानले दिए अहिलेसम्मकै ठूलो खुसिको खबर…हेर्नुहोस् यो सनसनीपूर्ण भिडियो….अन्तेमा छ हेर्नुहोला
अन्तरङ्ग भिडियो खिचेर पैसा माग गर्ने दुई व्यक्ति पक्राउ…
एक व्यवसायीको अस्लिल भिडियो सार्वजनिक गर्ने धम्की देखाई एक करोड माग गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती र गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने रहेका छन् ।
धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी ईन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई सुरुमा फेसबुकमा निशा अधिकारीको नामबाट साथी बनी कुरा गर्दै जाँदा काम छ भनि उनको नम्बर मागेकी थिईन् ।
उनी गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापाको बुधवारे र नाम ईन्दु हो भन्दै व्यावसायीले थाहा नपाउने गरि मोबाईलमा आफूले अंगालो मारी चुम्बन गरेको रेकर्ड गरी फर्किएकी हुन् ।
केही समयपछि गणेश लामा बोलेको भन्दै एक व्यक्तिले व्यवसायीलाई इमो मार्फत फोन गरि एक करोड रुपैयाँ नदिए सो भिडियो यूट्युब तथा फेसबुकमा राखिदिने बताउँदै धम्काएका थिए ।
उनीहरुलाई अपराधिक लाभ (एक्टर्शन) को कसूरमा कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।Pm Khabar बाट