काठमाडौं । असोज ५ गते,
प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध निर्वा्चित हुनु भएको छ । सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा भरतकुमार शाहलाई निर्विरोध चयन गरेको हो ।
एक जनाको मात्रै उम्मेदवारी परेकाले शाह सभापतिमा निर्विरोध निर्वा्चित हुनुभएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य सरत्सिंह भण्डारीले जानकारी दिनुभयो । यसैबीच, नवनिर्वा्चित सभापति शाहले मुलुकमा बढ्दो बेरुजु घटाउने कामलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समितिको क्षेत्राधिकार भित्र रहेर मुलुकमा आर्थिक अनियमिता हुन नदिन सरकारमाथि कडा निगरानी राख्ने योजना पनि सार्वजनिक गर्नुभयो । सार्वजनिक लेखा समितिका नवनिर्वा्चित सभापति शाह प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद हुनुहुन्छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध
- प्रकाशित मिति: शुक्रबार, असोज ५ २०७५
- तामाकोसी खबर