सिन्धुली । असोज ३ गते,
सिन्धुलीको जुनारमा देखिएको व्याक्टोसेरा मिन्याक्स किरा नियन्त्रणको लागि गरिएको परिक्षण प्रभाबकारी भएको निष्र्कष निकालिएको छ । गोलन्जोर गाउँपालिका ४ तिनकन्याको ८ सय रोपनीको जुनार संरक्षण क्षेत्र को अनुगमनामा यस्तो निष्कर्ष निकालिइएको हो । गएको बैसाखको मसान्त देखि १० हप्ता असार मसान्त सम्म गरेको नमुना परिक्षणको प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजना कार्यन्वयन ईकाई जुनार सुपरजोन सिन्धुलीका प्रमुख ललन कुमार सिंह , कृर्मा केमिकल्स कम्पनी प्रा.लि काठमाडौँका सुरेस गुरुङ, र कृषि तथा पशुबिज्ञान मन्त्रालयका बरिष्ठ बालि संरक्षक अधिकृत देबराज अधिकारी सहितको एक टोलीले सोमबार तिनकन्यामा अनुगमन गरेका थिए ।
अनुगमनमा फुटफ्लाई किरा नभेटिएको बताईएको छ । बेइजिङ इकोमेन बायोटेक कम्पनी लिमिटेड बेइजीङग चाईना ,कर्मा गु्रप र सुपरजोनको आर्थिक सहयोगमा १० ओटा क्षेत्र निर्धारण गरी किरा परिक्षण गरिएको थियो । कर्मागु्रप काठमाडौँ बाट १हजार लिटर प्रोटिन र हेकेमेन्ट बायोटेक चाईना बाट ल्याईएको थियो । यस परिक्षण बाट तिनकन्याका २२३ किसान लाबाम्बित भएका छन् । व्याक्टोसेरा मिन्याक्स किराको प्रकोपको मारमा परेका किसाहरुलाई फाईदा पुगेको कृषक लोक बाहादुर आलेले बताए ।
आफु लगाएत तिनकन्याका समग्र जुनार कृषकहरुलाई यसले राहत र्पुयाएको पनि उनको भनाई छ । गएको बैशाख मसन्त देखि १० हप्ता सम्म जुनारमा किरा परिक्षणको लागि स्प्रेगरिएको थियो । तालिम प्राप्त जुनार सहजकर्ता जुनार प्राबिधिकको निग्रानिमा १० हप्ता सम्म तिनकन्यामा बिषाधि छिट्ने काम भएको थियो । बेइजिङ इकोमेन बायोटेक कम्पनी लिमिटेड बेइजीङग चाईना, कर्मा केमिकल्स कम्पनी प्रा लि काठमान्डौँ र सुपरजोनको सहयोगमा १० ओटा क्षेत्र निर्धारण गरी किरा परिक्षण गरिएको थियो ।
सिन्धुलीमा जुनारमा लाग्ने किरा नियन्त्रणको लागि गरिएको परिक्षण प्रभाबकारी बन्दै
- प्रकाशित मिति: बुधबार, असोज ३ २०७५
- तामाकोसी खबर