रामेछापको नामाडीमा नेकपाको ३ दिने प्रशिक्षण

  • प्रकाशित मिति: आइतबार, भाद्र ३१ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ ३१ गते,
नेपाल कम्युनिष्ट पार्टी नामाडीको आयोजनामा ३ दिने वडास्तरिय अन्तरक्रिया प्रशिक्षण गत शनिवार नामाडीमा सम्पन्न भएको छ । पूर्व एमाले र माओवादीको एकता पछि कार्यकर्ताहरुमा छाएको अन्यौलताको स्थितिलाई सहजीकरण गर्ने उद्धेश्यले सो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । सो प्रशिक्षण कार्यक्रमको समापन समारोहमा नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेको प्रमुख आतिथ्यता र प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा रामेछापका जिल्ला कमिटि सदस्य प्रेमकुमार कार्की “सेवक” र राजेन्द्र कुमार कार्की तथा गोकुलगंगा गाउँपालिकाका पूर्व सचिव दिपक कार्की पनि उपस्थित रहेको थियो । रणबहादुर थापाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा गोकुगंगा गाउँपालिका वडा नं. ५, नामाडीका नेकपा सम्वद्ध स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।