रामेछाप । भदौ २३ गते,
गएको २०७२ साल बैशाख १२ र २९ गते आएको विनाशकरी भूकम्पले क्षति पुगेको रामेछापको लिखु तामाकोसी गाउँपालिका ५ धोविको पुननिर्मित विद्यालय भवन शुक्रबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । 
विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले विद्यालयकी प्रधानाध्यापक रुक्मिणीदेवी वस्नेतलाई नवनिर्मित विद्यालयको साँचो हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले आपूmले निर्वाचनको बेलामा व्यक्त गरेको प्रतिवद्धता अनुसार नै विकासको काम गरि रहेको बताए । आपूm संधै जनताको साथमा रहने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमा बोल्दै जिल्ला कार्यक्रम कार्यान्वयन इकाई रामेछापका प्रमुख हेमन्त बुढाथोकीले विद्यालयलाई हस्तान्तरण गरिएका ५ वटा अत्याधुनिक भवन र ३ वटा शौचालयले विद्यालयको शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्न अपेक्षा व्यक्त गरे ।
वडा नं ५ का वडाअध्यक्ष सोमबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता आशबहादुर तामाङ, भिमबहादुर तामाङ, लगायतले विद्यालयको शैक्षिक क्षेत्रको विकासमा सबैको ध्यान जानु पर्नेमा जोड दिएका थिए । विद्यालय जिल्ला कार्यक्रम कार्यान्वयन इकाई मार्फत निर्माण भएको हो ।
झटेश्वर माविको नवनिर्मित भवन हस्तान्तरण
- प्रकाशित मिति: शनिबार, भाद्र २३ २०७५
- तामाकोसी खबर