रामेछाप । भदौ २० गते,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले भदौ १ गते देखि लागु भएको मुलुकी ( फौजदारी ) संहिता ऐन २०७४ मा रहेका प्रेस स्वतन्त्रतालाई गम्भीर असर पार्ने वुद्दाहरु संसोधनको माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेलको नेत्तृत्वमा गएको पत्रकार टोलीले रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् । 
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापन पत्रलाई तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने प्रतिवद्धता जनाए । पत्रकारहरुले बुझाएको ज्ञापन पत्रमा मुलुकी फौजदारी ( संहिता ) ऐन २०७४ का विभिन्न दफाका प्रावधानह जटिल र प्रेस स्तन्त्रता विरोधी भएको पत्रकार महासंघको ठहर छ भनिएको छ । जटिल र प्रेस स्तन्त्रता विरोधी प्रावधानहरुको तत्काल संसोधन गरी नेपालको संविधानको प्रस्तावनामा नै उल्लेख भएको पुर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेण्टी गर्न पत्रकार महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछ ज्ञापन पत्रमा उल्लेख छ ।
नेपाल सरकारलाई पत्रकार महासंघ रामेछापको ज्ञापनपत्र
- प्रकाशित मिति: बुधबार, भाद्र २० २०७५
- तामाकोसी खबर