एसिया कपः हङकङसँग नेपालको खराब सुरुवात: पारसको आज पनि व्याटिङ चलेन (बल बाइ बल लाइभ)

  • प्रकाशित मिति: मंगलबार, भाद्र १९ २०७५
  • तामाकोसी खबर

मलेसिया, भदौ १९ गते ।
एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अहिले हङकङसँग खेल्दैछ । नेपालले टस जितेर पहिले व्याटिङ गरिरहेको छ । खेलको सुरुमै नेपाललाई झट्का लागेको छ । नेपालले २३ रनमा दुई विकेट गुमाइसकेको छ ।

सुवास खकुरेल खाता नै नखोली १ बलमै आउट भएका छन् भने कप्तान पारस खड्का २९ बलमा १४ रन बनाएर आउट भएका छन् ।



फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुनेछैन ।

आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ । (बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।