सिन्धुलीमा घरेलु हिंसाको घटना बढ्दो, एक बर्षमा ७४ हिंसा

  • प्रकाशित मिति: सोमबार, भाद्र ११ २०७५
  • तामाकोसी खबर

सिन्धुली । भदौ ११ गते,
सिन्धुलीमा घरेलु हिंसाको घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला तथा वालवालिका सेवा केन्द्रका अनुसार आर्थिक वर्ष २०७४र७५ मा ७४ वटा वटा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष ०७३र७४ को तुलनामा यो वर्ष घरेलु हिंसा बढेको सेवा केन्द्रको तथ्यांकमा उल्लेख छ । २०७३र०७४ मा ५९ वटा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता भएकोमा ०७४र०७५ मा १५ ले बढेर ७४ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका ७४ वटा उजुरी मध्ये ४८ वटाको मिलापत्र भएको, ३ वटा निवेदन दिएर पनि सम्पर्कमा नआएको र २३ वटा विवादको आवश्यक कार्वाही भइरहेको सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले बताइन । दर्ता भएका उजुरी मध्ये धेरै जसो श्रीमान श्रीमतिको घर झगडाका कारण हुने हिंसाका उजुरी बढी रहेको केन्द्रले जनाइएको छ । जिल्लामा घरेलु हिंसाका घटना न्यूनिकरणका विभिन्न कार्यक्रम भए पनि घरेलु हिंसाको घटनामा भने कमी आउन सकेको छैन ।