रामेछाप । भदौ ९ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले केन्द्र र प्रदेश सरकारले अझै आवश्यक कानुन् दिन नसक्दा समस्या भएको बताएका छन् । सरकाले कानून् मात्रै नभै स्थानीय तहलाई आवश्यक कर्मचारी समेत पठाउन नसक्दा स्थानीय तहलाई काम गर्न अप्ठ्यारो भएको उनको भनाई छ । 
शनिबार सदरमुकाम मन्थलीमा आयोजित समता मञ्च नेपालको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा बोल्दै नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् । केन्द्र , प्रदेश र स्थानीय तहलाई आवश्यक भौतिक संरचनाहरुको अभावका कारण नगरपालिकाले सोचेअनुरुप काम गर्न नसकेको नगरप्रमुख बस्नेतको भनाई छ । नगरप्रमुख भएको १६ महिना बितिसक्दा पनि आफुले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
उनले मन्थली नगपालिकाको १६ महिनाको उपलब्धी शुन्य जस्तै भएपनि निराश नभै नागरिकको अपेक्षा अनुसार काम गर्न निरन्तर रुपमा लागि पर्ने प्रतिवद्धता जनाए । उनले नेपालको संविधानले ऐन र कानूनका रुपमा विभेदको अन्त्य गरेको भएपनि व्यवहारमा विभेद् अन्त्य नभएको बताए । मन्थली नगरपालिकामा हुने जातिय लगायत अन्य विभेद अन्त्यका लागि नरपालिका जस्तोसुकै कदम चाल्न तत्पर रहेको उनको भनाई छ ।
समता मञ्च नेपालका अध्यक्ष कमल बसेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगर कार्यपालिका सदस्य उद्व रम्तेल, नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ , गैर सरकारी संस्था महासंघ रामेछापकी लक्ष्मी श्रेष्ठ, नेपाल सुनचादि कला व्यवसायी संघका केन्द्रीय सदस्य आकाश रिजाल , सवल परियोजना रामेछापका वरिष्ठ कार्यक्रम संयोजक दिल बहादुर नेपाली , पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्न प्रसाद कडेल लगाएतले जिल्लामा हुने जातिय विभेद् अन्त्यका लागि सवै एक हुन आवश्यक रहेको बताए ।
जिल्लामा जातिय विभेद हुन नदिन दलित गैर सरकारी संस्था लगाएत अन्य संस्थाहरु एक हुन आवश्यक रहेको उनीहरुको भनाई छ । मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा संस्थाकी सचिव वविता वि.कले संस्थाको हालसम्मको प्रगति प्रतिवेदन प्र्रस्तुत गरेकी थिइन् भने संस्थाका उपाध्यक्ष सिताराम लोहारले प्रमुख अतिथि र अतिथिहरुलाई स्वागत गरेका थिए । साधारण सभा तथा प्रथम अधिवेशनले संस्थाको नयाँ नेत्तृत्व पनि चयन गर्ने उपाध्यक्ष सिताराम लोहारले जानकारी दिए ।
सरकारले आवश्यक कानून् दिन नसक्दा समस्या भयो : नगर प्रमुख बस्नेत
- प्रकाशित मिति: शनिबार, भाद्र ९ २०७५
- तामाकोसी खबर