राजनीतिमा हालिमुहालीका कारण पीडितलाई न्याय पाउन जटिल भयो : आयुक्त पाठक

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ८ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ ८ गते,
वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका आयुक्त एवं प्रवक्ता प्राध्यापक डाक्टर विष्णु पाठकले सरकारले वेपत्ता पारिएका व्यक्तिहरुका सबै प्रमाण नष्ट गरेर आयोगलाई छानविनको काम जिम्मा लगाएको आरोप लगाएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा आयोगले आयोजना गरको वेपत्ता पारिएकाहरुका आफन्त तथा सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा पाठकले सो कुरा बताएका हुन् । प्रवक्ता पाठकले द्वन्द्वको बेलामा शक्तिमा भएकाहरुको नेपालको राजनीतिमा हालिमुहाली हुँदासम्म पीडितले न्याय पाउने कुरा जटिल भए पनि आयोगले सत्य तथ्य भने सार्वजनिक गरेरै छाड्ने बताए ।

उनले देशभरिबाट ३ हजार भन्दाबढि वेपत्ता पारिएको भन्ने उजुरी आयोगमा आएको भदै अयोगले हालसम्म ४ वटा काम सम्पन्न गरेको बताए । आयोगले देशभरिबाट उजुरी लिने र उजुरी माथि प्रारम्भिक कारबाही गर्ने काम पुरा गरि सकेको उनले बताए । पाठकले अब आयोग उजुरी माथि विस्तृत छानविनमा लागेको प्रष्ट पारे । हालसम्म आयोगले तथ्य संकलनको काम नै गरि रहेकोले काम नगरेको जस्तो देखिए पनि धेरै काम भई सकेको उनले बताए । उनले आयोगलाई असफल बनाएर केही गर्ने सकेन भनि दोष थुपार्नेको लागि ठूलो शक्ति लागेको पनि दावि गरे । कार्यक्रममा वेपत्ता पारिएका परिवारका आफन्तहरुले आफन्तहरु मरे बाँचेको पत्ता लगाई दिन आग्रह गरेका थिए ।