रामेछापमा महिला हिंसा विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको विरोध र्याली

  • प्रकाशित मिति: बुधबार, भाद्र ६ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ ६ गते,
रामेछापमा महिला हिँसाका घटनाको विरोधमा विरोध र्याली निस्किएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आयोजनमा र्याली निकालिएको थियो । राप्रपाकी प्रदेश नं ३ की रिता माझीको नेतृत्वमा निकालिएको र्यालीमा बलात्कारीलाई फाँसि दिनु पर्ने माग राखिएको थियो । देशभरि माहिलमाथिक बलात्कार र हत्यका घटनाहरु बढ्दै गएकोले त्यसको विरुद्ध र्याली तथा विरोध कार्यक्रम आयोजना गरिएको सांसद माझीले बताइन् । विरोध र्याली मन्थली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेको थियो । त्यहाँ संघको तर्फबाट रिता माझीले ज्ञापन पत्र बुझाएकी थिइन् ।