रामेछापमा पुननिर्माणको काम अपेक्ष अनुसार अघि नबढेको नागरिक समाजको गुनासो

  • प्रकाशित मिति: बुधबार, भाद्र ६ २०७५
  • तामाकोसी खबर

रामेछाप । भदौ ६ गते,
भूकम्प पछिको पुननिर्माणको कामम आशातित रुपमा अघि नबढेको भन्दै रामेछापको नागरिक समाजले गुनासो गरेको छ । मानवअधिकार संरक्षण सञ्जाल (शिक्षा सञ्जाल) रामेछापको बुधबार मन्थलीमा भएको छलफलमा नागरिक समाजका अगुवाहरुले सो गुनासो गरेका हुन् । रामेछाप जिल्लामा भूकम्प पछिको निजि आवास, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरुको पुननिर्माणको अवस्थाको बारेमा छलफल गर्न बसेको बैठकमा जिल्लामा भारतीय दुतावासले निर्माणको बचन दिएको १० वटा विद्यालयहरुको निर्माणको काम नै सुरु नभएकोमा नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । यस्तै अन्य दातृ निकाय तथा नेपाल सरकारकै तर्फबाट निर्माण भई रहेका विद्यालयहरुको निर्माण कार्यपनि सम्पन्न नहुँदा पठनपाठन प्रभावित भएको नगारिक समाजको ठहर छ ।

यस विषयमा रामेछापबाट प्रतिनिधित्व गर्ने प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढुँगेललाई ध्यानाकर्षणपत्र बुझाउने समेत निर्णय भएको छ । सुरक्षित वातावारणमा पढ्न पाउने बालबालिकाको मौलिक हकको संरक्षणको लागि पहला गरिदिन मन्त्रीको ध्यानाकषर्ण गर्ने निर्णय भएको मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले बताए । यसै बिच रामेछापमा भूकम्प पनिछको पुननिर्माणको अवस्थाको बारेमा अध्यन गर्ने आएको इन्सेकको टोलिले विभन्न सरहकारी तथा भूकम्पसंग काम गर्ने संस्थाहरुसँग भेटी जिल्ला अवस्थाको जानकारी लिएको छ । केन्द्रिय कार्यलय काठमाडौबाट आएका सम्झा श्रेष्ठ र सुवेच्छा खड्कालको टोलिले प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यक्रम कार्यान्वयन इकाई, रेडक्रस, नागरिक संस्था लगायतमा भेटि जिल्लाको अवस्थाको जानकारी लिएका थिए ।