रामेछाप । भदौ ४ गते,
रामेछापको ठोसेमा दाजुको हत्या गरेको आरोपमा उनकै भाइलाई प्रहरी नियन्त्रणमा लिएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका २ भित्तरीका २८ वर्षिय विष्ण खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घररायसी जग्गा सम्बन्धि विवादमा आप्mनै ३२ वर्षिय दाजु ३२ वर्षिय पूर्णबहादुर खत्रीलाईलाई विष्णुले गर्धनमा उत्तिसको दाउरो प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनले दाजुलाई भदौ १ गते आक्रमण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार जागरी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आरोपीलाई नियन्त्रणमा लिई लिई अनुशन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
रामेछापको ठोसेमा दाजुको हत्या गरेको आरोपमा भाइ प्रहरी नियन्त्रणमा
- प्रकाशित मिति: सोमबार, भाद्र ४ २०७५
- तामाकोसी खबर