ओखलढुंगामा आमा समूहको दिनमा दुई घण्टे सहयोग अभियान सुरु

  • प्रकाशित मिति: सोमबार, साउन २१ २०७५
  • तामाकोसी खबर

ओखलढुंगा । साउन २१ गते,
ओखलढुंगा जिल्लाको सिद्धिचरण नगपालिका २ का महिलाहरुले दिनमा दुई घण्टे सहयोग अभियान सुरु गरेका छन् । स्थानीय रुद्धकालिका आमा समूहका महिलाहरुले समुहको सदस्यका परिवारलाई भैपरी हुने समस्याका कारण खेतिपातीका काममा बाधा पुग्ने भन्दै १ दिन दुई घण्टे सहयोग अभियान सुरु गरेका हुन् । कामको सिजनमा समुहका सदस्यहरुका परिवारमा आपतकालीन् समस्याहरु जस्तै हात भाचिँने, ढाड खुस्किने, खुट्टा भाचिने, अपरेशन लागायतका समस्याका कारण परिवारमा कामको भार थपिने भन्दै सहयोगका लागी अभियान थालनी गरिएको समुहले जनाएको छ ।
आपतकालीकन समस्याका कारण समस्यामा परेका समुहका सदस्याहरुको खेतबारीमा पुगेर १ दिन २ घण्टा सिजन अनुसारको खेतिपाती तथा काम गरिदिने समुहका अध्यक्ष यमुना खतिवडा कटवालले बताए । यसैको थलनी स्वरुप आईतबार समुहका सदस्याहरु देबकुमारी कटवाल, चित्राकुमारी कार्की र होमकुमारी खड्काको बारीमा कोदो रोपाई गरिएको अध्यक्ष कटवालले जानकारी दिए । अभियान मार्फत सामाजिक सद्भाव र सहयोगको भावनामा टेवा पु¥याउन मद्धत पुग्ने अध्यक्ष कटवालको बिश्वास छ । समुहमा हाल ५० जना महिलाहरुको सहभागिता रहेको छ ।