काठमाडौं । साउन ११ गते,
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामहरुको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७३(०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् ।
चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निदेर्शक सिद्धान्त,नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र उपलब्धीहरु,सरकारी वित्त व्यवस्था र उपहसंहार समेटिएको छ । यो आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका विधेयकहरु, २१ नियमावलीहरु, नौ विषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्य्विधि स्वीकृत भएको बताए ।
कार्य्विधि अनुसार संघीय शासन प्रणाली अनुरुपको कानुनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको बताए । प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त,नीति तथा दायित्वलाई क्रमशः कार्यन्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत
- प्रकाशित मिति: शुक्रबार, साउन ११ २०७५
- तामाकोसी खबर