रामेछापमा सामाजिक परिक्षरण विधिको बारेमा अभिमूखिकरण

  • प्रकाशित मिति: शुक्रबार, साउन ११ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन ११ गते,
सुशासनको औजार मध्येको सामाजिक परिक्षण विधिको अभिमूखिकरण कार्यक्रम शुक्रबार रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । गुड गभर्मेन्स ( गोगो ) फाउण्डेसनको अयोजनामा भएको कार्यक्रमा फाउण्डेसनका निर्देशक केदार खड्काले सुशासनको औजारहरुको बारेमा जानकारी गराएका थिए । उनले सुशासनका औजार मध्ये सार्वजनिक परिक्षण विधिको बारेमा जानकारी गराएका थिए ।
जिल्ला स्थित विभिन्न नागरिक संस्थाका प्रमुख एवं प्रतिनिधि एवं नागरिक अगुवाहरुको सहभागिता रहेको सो कार्यक्रममा सामाजिक परिक्षको विधि, यसको प्रयोग र उपयोगिता लगायतको विषयमा खड्काले जानकारी गराएका थिए । कार्यक्रममा रामेछापमा सामाजिक परिक्षणको अभ्यास, सामाजिक परिक्षणको क्रममा देखिएका समस्या तथा सामाजिक परिक्षणले ल्याएको परिवर्तन लागयतको विषयमा पनि छलफल भएको थियो ।