दोलखा । साउन २ गते,
देशकै नमूना मानिने दोलखाको जिरी स्थित जिरी प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अर्थात् ओभरसियर तहको कक्षा संचालन हुने भएको छ । जिरी प्राविधिक शिक्षालयमा यस शैक्षिक सत्रदेखि तीन बर्षिय डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको कक्षा संचालन हुने भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, परिक्षा नियन्त्रण कार्यालयले जिरी प्राविधिक शिक्षालय सहित देशभरका १३ वटा शिक्षण संस्थालाई डिप्लोमा तहको कक्षा संचालनको अनुमति दिएको छ । तीन बर्षिय डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहका लागि ४८ कोटा स्विकृत भएको छ । ओभरसियरको तीन बर्षिय कक्षाका लागि शिक्षालयले १ लाख ६२ हजार शुल्क निर्धारण गरेको छ ।
ओभरसियर अध्ययनका लागि साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । एसईईमा गणित र बिज्ञानमा कम्तिमा सि र अँग्रेजीमा बि प्सल ल्याएकाहरुले ओभरसियर अध्ययनका लागि आवेदन दिन सक्ने छन् । शिक्षालयका सहायक प्रिन्सिपल गोपाल जिरेलले तिन बर्षिय डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहका लागि ४८ कोटा स्विकृत भएको र साउन ११ गतेसम्मका लागि आवेदन खुल्ला गरिएको जानकारी दिए ।
स्विकृत ४८ वटा कोटा मध्ये १७ वटा खुल्ला कोटा रहेको छ भने महिला ७, आदिवासी जनजाति र मधेशीका लागि ७ र दलितका लागि २ वटा कोटा छुट्टयाईएको छ । ओभरसियरको तिन बर्षिय कक्षाका लागि शिक्षालयले १ लाख ६२ हजार शुल्क निर्धारण गरेको छ । जिरीमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको कक्षा सँचालन हुने भएपछि न्यून शुल्क तिरेर ओभरसियर अध्ययनका लागि सर्वसाधारणका छोराछोरीलाई अवसर प्राप्त भएको छ । एसईईमा गणित र बिज्ञानमा कम्तिमा सि र अँग्रेजीमा बि प्सल ल्याएकाहरुले ओभरसियर अध्ययनका लागि आवेदन दिन सक्ने छन् । जिरी प्राविधिक शिक्षालयले २०७० सालदेखि तिन बर्षिय डिप्लोमा इन एग्रिकल्चर तहको कक्षा पनि सँचालन गर्दै आएको छ ।