उदयपुरमा सामूहिक बलात्कार गर्ने चार युवा सार्वजनिक

  • प्रकाशित मिति: सोमबार, असार ३२ २०७५
  • तामाकोसी खबर

उदयपुर । असार ३२ गते,
आइतबार राति पेट दुखेर औषधि किन्न बजार गएकी एक महिलालाई जबर्जस्ती स्कार्पियोमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार सम्मेलन गरी सामूहिक बलात्कार गरेकोको आरोपमा पक्राउ परेकालाई सार्वजानिक गरेको हो । सिरहाको लाहान–उदयपुरको गाईघाट सडकखण्डमा रहेको लालपत्ताको जंगलबाट सामूहिक बलात्कार गरेको आरोपमा बा १४ च ६८१७ नम्बर स्कार्पियो चालक सिरहा मिर्चैया बस्ने वर्ष २६ का नितेशकुमार साह, सिराहा लाहान नगरपालिका ६ का २४ वर्षे अमित साह, २५ वर्षे सन्देश गुप्ता र विवेक साह रहेको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । स्कार्पियो गाडीमा महिलालाई राखी सामूहिक बलात्कारको प्रमाणसहित त्रियुगा नगरपालिकामा रहेको लालपत्ता प्रहरी चौकीले आइतबार रातिको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको हो । पत्रकार भेटघाटमा जिल्ला प्रहरी प्रमुख एसपी भट्टले फिफा विश्वकप २०१८ फ्रान्सले जितेपछि खुशीयालीमा रक्सीले मातेका स्कार्पियोमा रहेका चार युवाले औषधि किन्न गएकी महिलालाई अपहरण गरी सामूहिक बलात्कार गरेको जानकारी दिए ।
भट्टका अनुसार स्कारर्पियोमै महिलालाई राखी गाईघाटतर्फ आउँदै गर्दा लालपत्ता प्रहरी चौकी अगाडि चेक गर्ने क्रममा प्रहरीले रोकेर महिला को हो भनेपछि आरोपितले दिदी हुन् भनेछन् । त्यही बेला निर्वस्त्र महिला चिच्याउँदै ‘म दिदी होइन’ भनेपछि शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । लाहानबाट गाईघाट २६ किलोमिटर दूरीमा पर्छ, आउँदाजाँदा ५२ किलोमितर हुन्छ । अनि जंगलमा रोकेर पनि चारै जनाले पालैपालो बलात्कार गरेको पीडित महिलाले बयान दिएको प्रहरीले जनाएको छ ।