रामेछाप । असार ३२ गते,
जिल्ला अदालत रामेछापले एक बर्षमा १ सय ६७ वटा मुद्दा फछ्र्याेट गरेको छ । आर्थिक बर्ष २०७४÷०७५ जिल्ला अदालतमा २ सय ९४ वटा मुद्दा परेको थियो । सोमबार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७४÷०७५ मा अदालतले गरेको कार्य सम्पादनका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा अदालतका श्रेस्तेदार गेहेन्द्र रेग्मीले अघिल्लो आर्थिक बर्षबाट सरेर आएको ७७ र यो बर्षको २ सय १७ वटा मुद्दार परेको बताए । 
उनले २ सय ९४ मुद्दा मध्य १ सय २७ वटा मुद्धा फैसल्ला हुन बाकी रहेको बताए । उनका अनुसार आर्थिक बर्ष २०७४÷०७५ देवानीका ५० वटा मुद्दा परेकोमा ३५ वटा फछ्र्याेट भएका छन् भने फौजदारी मुद्धामने कैद तर्फ ४ सय २० बर्ष ११ महिना १३ दिन लागत रहेकोमा ५० बर्ष ६ महिना १५ दिन फछ्र्याेट भएका छन् । श्रेस्तेदार रेग्मीका अनुसार २०७४÷०७५ बर्षमा जिल्ला अदालतले १ करोड २८ लाख ५८ हजार ७ सय ६२ रुपैया ३५ पैसा जरिवाना असुल गर्नुपर्नेमा ७ लाख ८५ हजार २ सय ३० रुपैया ३७ पैसा मात्रै असुल गरेको छ ।
यस आर्थिक बर्षमा फछ्यौट हुन बाकी १ सय २७ मुद्दामध्य १७ वटा थुनुवा , २४ वटा प्राथमिक्ता प्राप्त र २४ वटा साना प्रकृतिको रहेको जिल्ला अदालत रामेछापले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला न्यायाधिस कृष्ण प्रसाद पौडेलले अदालत मार्फत सम्पादन हुने काम कारवाहीका बारेमा समाचार संप्रेषण गरी सहयोग गरिदिन सञ्चारकर्मीहरलाई आग्रह गरे । उनले अदालतले गर्ने कामका बारेमा सजिलैसंग जानकारी लिन पत्रकारका लागि आवश्यक व्यवस्था गर्ने समेत बताए ।
जिल्ला अदालत रामेछापले एक बर्षमा १ सय ६७ मुद्दाको छिनोफानो लगायो
- प्रकाशित मिति: सोमबार, असार ३२ २०७५
- तामाकोसी खबर