७ बर्षकी बालीकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ

  • प्रकाशित मिति: शनिबार, असार १६ २०७५
  • तामाकोसी खबर

ओखलढुंगा । असार १६ गते , मनोज भट्राई,
ओखलढुंगामा बालीकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । लिखु गाउँपालीका ६ का ६० वपर्षिय भक्त बहादुरर श्रेष्ठ लाई ७ वर्षिय बालीकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन । बिहीबार बिहान आफ्नै घरमा वसीरहेको अवस्थामा वालीकालाई जवरजस्ती करणी गर्ने प्रयास गरीरहेको अवस्थामा श्रेष्ठ लाई बालीकाको बाबुले भेटे पछि उनलाई प्रहरीमा बुझाईएको हो ।
परीवारको कोही पनि घरमा नभएको बेला बिहीबार बिहान करीव ७ वजे तीर नानीलाई जवरजस्ती गर्दै गरेको अवस्थामा आफुले भेटेको र तुरुन्त प्रहरीलाई बुझाएको पिडीत बालीकाको परिवारले बताएको छ । पीडक श्रेष्ठलाई अहिले अनुसन्धानका आफनो नियन्त्रणमा राखीएको र बालीकालाई स्वास्थ्य परिक्षणका लागी जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।