काठमाडौं । असार १३ गते,
मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन बुधबारदेखि देशभर फैलिएको जनाएको छ । यसको प्रभावले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा वर्षा हुनसक्ने पनि महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको बलियो प्रभावले मनसुन फैलिन समय लागेको मौसमविद्हरुले बताएका छन् । मनसुन भित्रिएदेखि अहिलेसम्म १९१ मिलिमिटर वर्षा भएको जनाइएको छ । यो वर्ष मनसुन छिटो भित्रिएपनि पश्चिमी भेगसम्म पुग्न सकेको थिएन ।
मनसुन देशभर फैलियो, अधिकांस स्थानमा तीन दिन सम्म वर्षा हुने
- प्रकाशित मिति: बुधबार, असार १३ २०७५
- तामाकोसी खबर