लिखु गाउँपालिकाको दुरागाउँमा महिलाहरुको लागि ५ दिने क्षमता अभिवृद्धि तालिम

  • प्रकाशित मिति: सोमबार, असार ४ २०७५
  • तामाकोसी खबर

रामेछाप । असार ४ गते,
रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिका १ दुरागाउँमा सञ्चालित महिलाहरुको लागि ५ दिने क्षमाता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयसँगको समन्वयमा दुरागाउँ आमा समुह सञ्जालले कार्यक्रमको आयोजना गरेको हो । वडा नं १ का २३ जना महिलाहरुको सहभागिता रहेको सो तालिलमा महिलाहरुलाई मानवअधिकारकर्मी एवं पत्रकार नवराज पथिकले महिला अधिकार, महिला सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसस्था, नेतृत्व विकास लगायतका विषयमा शैद्धान्तिक तथा व्यवहारीक विषयको जानकारी गराएका लिए ।

जेठ ३१ गतेबाट सुरु भएको सो तालिमको समापन कार्यक्रम सञ्जालकी संयोजक एलिसा सुनुवारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिखुतामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले महिलाहरुको क्षमाता विकास नभएसम्म अन्य गतविधिमा भूमिका निर्वाह गर्न नसक्ने भएकोले क्षमता अविभिवृद्ध तालिमले महिलालाई समाजको मुलधारमा ल्याउन सहयोग गर्ने बताइन् । कार्यवाहाक वडाअध्यक्ष अनिता थापाले वडाका महिलाहरुको क्षमता विकासको लागि कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा वडा सदस्य सर्मिला सार्की, वडा सचिव श्याम कुमार चौधरी लगायतले कार्यक्रमको महत्वको बारेमा बोलेका थिए । सहभागिहरुको तर्फबाट बोल्दै सर्मिला सुनुवार र तारा गुरुङले कार्यक्रमबाट आपूmहरुले धेरै कुरा सुन्ने मौका पाएको बताए ।