रामेछाप । असार ३ गते,
बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउन पाउनु पर्ने माग राख्दै रामेछापको सदरमुकाम मन्थलीमा ब्यवसायीहरुको आन्दोलन छैठौ दिन पनि जारी छ । सर्वोच्च अदालतकले बिपी राजमार्गमा सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधन चल्न रोक लगाएपछि रामेछापका व्यवसायीहरुले सुरु गरेको अन्दोलन झन शसक्त बन्दै गएको छ ।
व्यवसायीहरुले दैनिक आन्दोलका कार्यक्रमहरु परिमार्जन गर्दै लगेको छ । सरकार रामेछापका जनताको समस्या प्रति बेखबर बनेको भन्दै ब्यवसायिहरुले अनौठो प्रकारका आन्दोलन गर्न थालेका छन् ।
शनिबार ढाकर जुलुस गरेका ब्यवसायीहरुले आइतबार थाल ठटाउने जुलुस गरेका छन् । सयौका सङख्यामा थाल र चम्चा बोकेर सडकमा निक्लेका व्यवसायीहरुले बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउन पाउनु पर्ने माग राख्दै थाल ठटाएर मन्थलीको बजार परिक्रमा गरेका थिए । आफुहरुको आन्दोलन प्रति सरकार गम्भीर नभएकाले यसलाई अझ शसक्त बनाउने रामेछाप उद्योग बाणिज्य संघ रामेछापका महासचिव जगन्नाथ दाहालले बताए । थाल ठटाउने जुलुसपछि देवकोटाचोकमा भएको आन्दोलन कार्यक्रममा बोल्दै उनले सिन्धुली प्रशासनले केहि जिल्लासंग मिलेर यस्तो अन्यान गर्दा रामेछापबाट निर्वार्चित सांसदहरु मौन बसेको आरोप लगाए ।
६ दिनदेखी जिल्लामा जनताहरु आफ्नो अधिकारका लागि प्रशासनसंग लडिरहदा पनि सांसदहरु मौन बस्नु लाजमर्दाे बिषय भएको महासचिव दाहालको भनाई छ ।
ढुवानी समस्याका कारण अहिले रामेछापमा हरेक सामानमा किलोको १५ रुपैया महङगीएको छ । बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधन रोक्ने सर्वाेच्वको आदेशपछि रामेछापमा देनिक उपभोग्य लगाएत निर्माण सामाग्रीको मुल्य आकासिएको छ । व्यवसायीहरु आन्दोलित हुदा नागरिकहरुले महङगो मुल्यमा समेत सामान किन्न पाएका छैनन् । तराईबाटै बिपी राजमार्गको सिन्धुली खुर्काेट हुँदै रामेछाप ठूला सवारी साधनमा रोक लगाइदा भूकम्प पीडितहरु थप मर्कामा परेका छन् ।
रामेछापको मन्थलीमा ब्यवसायीहरुको थाल ठटाउने जुलुस
- प्रकाशित मिति: आइतबार, असार ३ २०७५
- तामाकोसी खबर